वैदिक पात्रो एप डाउनलोड गर्नुहोस्
यी मितिहरू हाम्रो आफ्नै प्रणालीले जेपीएल (NASA को Jet Propulsion Laboratory) बाट गणना गर्छ — कुनै बाह्य सूची पछ्याइएको छैन। प्रत्येक दिनको सूर्योदयदेखि सूर्यास्तसम्म हरेक अन्तरालमा तिथि, नक्षत्र, योग, करण, वार र लग्न निकालेर तलका नियमहरू लगाइन्छ। दिनको शुद्ध मुहूर्त भेटिए मात्र दिन प्रकाशित हुन्छ।
- १
महिना — अधिकमास बाहेक सबै चन्द्रमास (चातुर्मास पनि स्वीकार्य); संक्रान्तिको दिन वर्जित।
मुहूर्त चिन्तामणि १.४७ · १.१८ (शुभाशुभ प्रकरण)
वृद्धत्वस्तशिशुत्वइज्यसितयोर्योनाधिमासे तथा ॥ ४७ ॥ [३३८] विवाहादिषु कार्येषु नाड्यः षोडश षोडश ॥ [२७२]
अधिमास (मलमास) मा नयाँ व्यापार वा भवनारम्भ जस्ता कार्य वर्जित। संक्रान्तिको अघिल्लो र पछिल्लो १६–१६ घडी (कुल ३२ घडी / संक्रान्तिको दिन) सबै शुभ कार्यका लागि त्याज्य — प्रणालीले संक्रान्तिको दिन नै वर्जित गर्छ।
- २
तिथि — दुवै पक्षका २,३,५,७,१०,११,१३; पूर्णिमा पनि स्वीकार्य।
मुहूर्त चिन्तामणि १.४ · १.३६ (शुभाशुभ प्रकरण)
नंदा भद्रा च जया च रिक्ता पूर्णेति तिथ्योऽशुभमध्यशस्ताः ॥ [२८५] चतुर्थी षष्ठी अष्टमी नवमी द्वादशी चतुर्दशी एताः पक्षरन्ध्रसंज्ञिस्ततियो ज्ञेयाः ॥ [३१०]
रिक्ता (४,९,१४) शुभ कार्यमा अशुभ; पक्षरन्ध्र (४,६,८,९,१२,१४) पनि त्याज्य। यी कटाउँदा २,३,५,७,१०,११,१३ र पूर्णिमा (१५) मात्र बाँकी रहन्छन् — यही प्रणालीको तिथि सूची हो।
- ३
नक्षत्र — व्यापारका लागि उपयुक्त निश्चित सूची: अश्विनी, रोहिणी, मृगशिरा, पुनर्वसु, पुष्य, उत्तराफाल्गुनी, हस्त, चित्रा, स्वाती, अनुराधा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, उत्तरभाद्रपदा, रेवती।
मुहूर्त चिन्तामणि २.१७ (नक्षत्र प्रकरणम्)
पूर्वाद्वित्रयकृशानुपार्यमभे केन्द्रत्रिकोणे शुभैः षट्त्र्यायप्रयवश्विभैर्विना घटतनुं स्रग्विक्रयः सत्तिथौ । रिक्ताभौमघटालमन्विना च विपणिसैंन्ध्रुवक्षिप्रमै- लग्ने चन्द्रसिते व्ययाष्टरहितैः पापैः शुभैद्र्व्यार्यखे ॥ १७ ॥ [३४२]
व्यापार (स्रग्विक्रय / विपणि) का लागि ध्रुव (रोहिणी, तीन उत्तरा), मृदु (मृगशिरा, रेवती, चित्रा, अनुराधा), क्षिप्र (हस्त, अश्विनी, पुष्य) र चर (स्वाती, पुनर्वसु, श्रवण, धनिष्ठा, शतभिषा) — जम्मा १६ नक्षत्र शुभ। श्लोकमै रिक्ता र भौम (मंगलवार) पनि निषेधमा उल्लिखित छन्।
- ४
वार — सोम, बुध, बिहि, शुक्र मात्र (आइत/मंगल/शनि वर्जित)।
बृहत्संहिता १.४ · मुहूर्त चिन्तामणि २.१७
क्षितितनयदिवसवारो न शुभकृदिति यदि पितामहोक्ते ।
पितामह (ब्रह्मा) का अनुसार मङ्गलबार अशुभ; शनि र मंगल क्रूर वार — व्यापार आरम्भमा आइत/मंगल/शनि त्यागी सोम, बुध, बिहीबार र शुक्रबार लिइन्छ। मुहूर्त चिन्तामणि २.१७ ले पनि भौम (मंगलवार) निषेध गर्छ।
- ५
लग्न — स्थिर र द्विस्वभाव लग्न मात्र स्वीकार्य; चर लग्न वर्जित।
मुहूर्त चिन्तामणि २.१७ (नक्षत्र प्रकरणम् · लग्न निर्देश)
रिक्ताभौमघटालमन्विना च विपणिसैंन्ध्रुवक्षिप्रमै- लग्ने चन्द्रसिते व्ययाष्टरहितैः पापैः शुभैद्र्व्यार्यखे ॥ १७ ॥ [३४२]
श्लोकले 'घट' (कुम्भ) लग्न र त्यसको नवांशलाई 'विना' भन्दै निषेध गर्छ। व्यापार टिकिरहोस् भन्नका लागि स्थिर लग्न (वृष, सिंह, वृश्चिक) र द्विस्वभाव लग्न (मिथुन, कन्या, धनु, मीन) उत्तम; चर लग्न (मेष, कर्कट, तुला, मकर) चलायमान भएकाले वर्जित। प्रणालीले स्थिर/द्विस्वभाव मात्र स्वीकार्छ।
- ६
योग/करण — व्यतीपात र वैधृति योग तथा विष्टि (भद्रा) करण वर्जित।
मुहूर्त चिन्तामणि १.३४ (शुभाशुभ प्रकरण)
जन्मार्क्षमासतिथयो व्यतिपातभद्रा वैधृत्यमापितृदिनानि तिथिक्षयद्वौ । न्यूनार्द्धिमासकुलिकप्रहराधपाता विष्कम्भमृद्व्यतिगतित्रयमेव वर्ज्यम् ॥ ३४ ॥
जन्म नक्षत्र/मास/तिथि, व्यतीपात, भद्रा (विष्टि), वैधृति, अमावस्या, पितृ-मृत्यु दिन, दुई तिथि क्षय भएको पक्ष (१३ दिनको पक्ष), अधिकमास आदि वर्ज्य — शुभ कार्यमा महादोष।
- ७
दोष — दुर्मुहूर्त (अवधि मात्र), संक्रान्ति र ग्रहणको दिन वर्जित।
मुहूर्त चिन्तामणि — ग्रहण १.३२ · दुर्मुहूर्त १.३७–४० (शुभाशुभ प्रकरण)
सर्वस्मिन्विधुपापयुक्तनलवाधर्चे निशार्धाटीत्र्यंशं वै कुनवांशकं ग्रहणतः पूर्वं दिनानां त्रयम् ।
ग्रहण (सूर्य/चन्द्र) को अगाडि–पछाडिको अवधि — सामान्यतः तीन दिन — शुभ कार्यका लागि वर्ज्य।
- ८
ग्रह — व्यापार आरम्भ अन्य संस्कारभन्दा उदार भएकाले गुरु/शुक्र उदय अनिवार्य छैन; दिनको समय (सूर्योदय–सूर्यास्त) मात्र।
मुहूर्त चिन्तामणि १.४६–४७ (शुभाशुभ प्रकरण)
वाप्यारामडागतडागकूपभवनारम्भप्रतिष्ठे व्रता- रम्भोत्सर्गवधूप्रवेशनमहादानानि सोमाष्टके ॥ ४६ ॥ वृद्धत्वस्तशिशुत्वइज्यसितयोर्योनाधिमासे तथा ॥ ४७ ॥ [३३८]
श्लोक ४६–४७ ले गुरु/शुक्र अस्त वा मलमासमा त्याग्नुपर्ने कार्य सूची दिन्छ — विवाह, व्रतबन्ध, भवनारम्भ, प्रतिष्ठा आदि। त्यस निषेध सूचीमा 'विपणि' (व्यापार आरम्भ) उल्लेख छैन, त्यसैले गुरु–शुक्र उदय अनिवार्य मानिँदैन — अन्य संस्कारभन्दा उदार। समय भने दिवाकाल (सूर्योदय–सूर्यास्त) मा सीमित छ।
२०८३ वि.सं. रौद्र
सन् २०२६/२०२७शास्त्रीय स्रोत
गणना र चक्र यी ग्रन्थका मूल कर्ताको नाम र मूल पाठको वि.सं. वर्षमा आधारित छन्। दोस्रो हरफमा अनुवादक र सम्पादकको मुद्रित संस्करणको वि.सं. छ।
- १.
बृहत्संहिता - आचार्य वराहमिहिर वि.सं. लगभग ५६२
अनुवादक पण्डितभाषण वी. सुब्रह्मण्य शास्त्री र विद्वान् एम. रामकृष्ण भट्ट वि.सं. २००३। व्ही. बी. सूब्बैया एण्ड सन्स, बैंगलोर सिटी।
व्यापार आरम्भका लागि क्रूर वार (आइत, मंगलबार र शनिबार) को निषेध।
- २.
मुहूर्तचिन्तामणिः - श्रीराम दैवज्ञ वि.सं. १६५५
संस्कृत टीकाकार गोविन्द दैवज्ञ (पीयूषधारा); हिन्दी अनुवादक आचार्य केदारदत्त जोशी (पीताम्बरा)। डी.पी.बी. पब्लिकेशन्स, दिल्ली।
महिना, तिथि, नक्षत्र, लग्न, योग/करण, ग्रहण र दुर्मुहूर्त; गुरु–शुक्र उदय अनिवार्य नहुने व्याख्या।